एकीकृत समाजवादीको बैठक जारी
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसिरहेको छ ।
आलोकनगरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको छ ।
यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका तर्फबाट दुई जना उम्मेदवार उठाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया