दल

लामिछानेले भनेः मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन

इकागज |
माघ ८, २०८० सोमबार १७:१९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । उनले आज कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै १ करोड ८० लाख रूपैयाँ जम्मा नभएको बताएका हुन् ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एक करोड ८० लाख जम्मा नभएको बताएका हुन् । 'बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ,' लामिछानेले पत्रकार सम्मेलनमा भने ।



Author

थप समाचार
x