कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : अध्यक्ष लिङ्देन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन् ।
विश्व हिन्दु महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहीछाप गरेकाले मुलुक धर्म निरपेक्ष हुन पुगेको बताए ।
अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्नुपरेको धारणा राखे । उनले आफूलाई हिन्दुवादी भन्नेहरूले नै राप्रपालाई मत नदिएका कारण राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापित गर्न समस्या भएको बताए । धर्म निरपेक्ष हुनुमा दलहरू र नेताभन्दा बाहुन क्षेत्री नै बढी दोषी भएको उनको भनाइ छ ।
त्यस्तै उनले भ्रष्ट नेताहरूका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया