दल

डिल्लीबजार जेलमा पूर्व जनमुक्ति सेना कमाण्डरलाई भेटेर बाबुराम पुगे प्रधानमन्त्रीकाेमा

तत्काल रिहाइको पहल गर्न आग्रह गर्ने

इकागज |
माघ १३, २०८० शनिबार १५:५९ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेट गरेका छन् ।

हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पूर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटवार्ता गरेका हुन् । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन् । 


‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटेँ,’ उनले भनेका छन्, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’

उनलाई चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आइएको छ । मार्शललाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराईले भनेका छन्, ‘यो केस ‘बुढी (बुढो) मरी (मर्यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’


Author

थप समाचार
x