दल

मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो छ : लिङ्देन

इकागज |
माघ १३, २०८० शनिबार १६:२४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन् ।

नेपाल प्राज्ञिक परिषदले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुक अप्ठेरो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका हुन् ।


राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । उनले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आउनुपर्ने धारणा राखे ।

उनले सत्ता टिकाउनका लागि विदेशीसामु लम्पसार पर्ने, दूतावासहरूलाई करोडौं खर्च दिने लगायतका कामले गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क गरे ।

लिङ्देनले आफ्ना मागहरूलाई पूरा गर्नका लागि राप्रपाले छिट्टै आन्दोलन गर्ने र आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे । 


Author

थप समाचार
x