एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक आजदेखि
फाइल तस्बिर
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान साढे ११ बजेदेखि प्रज्ञा भवन कमलादी काठमाडौंमा हुनेछ । अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ ।
बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।
पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको विधान हेरफेर गर्न परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव संकलन गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया