मुलुक केही नेताहरूको बन्धकमा परेका कारण संकटमा छ : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेका कारण संकटमा पर्दै गएको बताएका छन् ।
संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सीमित मानिसको कब्जामा मुलुक रहेको आरोप लगाए । उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरूको सिन्डिकेट बन्न पुगेको जिकिर गरे । उनले पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरू सृजना भएको धारणा राखे ।
महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाँडै नै सुवर्ण शम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए । उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउँदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया