दल

राप्रपा नेपालले मधेशका जिल्लाहरूमा प्रशिक्षण चलाउने

इकागज |
माघ १५, २०८० सोमबार ९:३० बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालले तराई मधेश क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण सञ्‍चालन गर्ने भएको छ ।

आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्वाञ्‍चल क्षेत्र स्तरीय प्रशिक्षणलगत्तै तराई मधेश क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण सञ्‍चालन हुनेछ ।

मुलुकको अवस्था बदल्नको लागि व्यवस्था परिवर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्व तयारीको रुपमा अघि बढाइने जनाएको छ ।

कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भावी कार्ययोजना र आन्दोलनको आवश्यकताबारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको एक नेताले जानकारी दिए ।


Author

थप समाचार
x