बालुवाटारमा गठबन्धन दलको बैठक जारी
काठमाडौँ- सत्तारूढ गठबन्धन दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गठबन्धन दलको बैठक आह्वान गरेका हुन् ।
सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरूले मत नदिँदा कोशीमा सत्तारूढ गठबन्धन दलबाट साझा उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन् । कांग्रेसका जनप्रतिनिधिहरूले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरूले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया