दल

गृहमन्त्रीले चाहेको भए सहकारी पीडितको समस्या समाधान भइसक्थ्यो : रवि लामिछाने

इकागज |
माघ १६, २०८० मंगलबार १८:१८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रूपमा आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र विभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने उल्लेख गरे ।


उपप्रधान एवं गृहमन्त्रीले चाहेको भए सहकारी पीडितको समस्या समाधान भइसक्ने भए पनि आफ्नो पछाडि मात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।

त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरूका नेताहरूबीच मतभेद भए पनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको पनि बताए । 


Author

थप समाचार
x