दल

एमाले धादिङ अधिवेशन

नीतिविपरीत पदाधिकारी प्यानल नै चुनाव लड्ने मनस्थितिमा नेताहरू

इकागज |
माघ १६, २०८० मंगलबार १९:४१ बजे

धादिङ- नेकपा एमाले धादिङकाे नवाैँ जिल्ला अधिवेशन माघ १९ गते हुँदैछ । अधिवेशन नजिकिँदै गर्दा नेतृत्व कसरी आफ्नाे पक्षमा पार्ने भन्ने हाेडबाजी सुरु भएकाे छ ।

केन्द्रीय नीतिअनुसार प्यानल बनाएर निर्वाचनमा जान नपाइने, भाेट माग्दा उम्मेदवारी दर्ता भएपछि आफूलाई मात्र भाेट माग्नु र सामाजिक सञ्जालमा नीतिविपरीत उम्मेदवारी घाेषणा गर्न नपाइने भनिए पनि पदाधिकारीमा प्यानल नै चुनाव लड्ने मनस्थितिमा नेताहरू रहेकाे बुझिएकाे छ ।


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनकाे प्रचारप्रसार गर्ने र भव्य बनाउनु पर्ने प्रेसर भए पनि डा. रामकुमार अधिकारी हाेटलमा मेस सञ्चालन गरी गुट भेला गरिरहेका देखिन्छन् ।

आफ्ना लागि मात्र नभइ केही कार्यकर्ता लिएर हाेटल जिविकामा प्यानल बनाउन व्यस्त भएकाे एक एमाले कार्यकर्ताले जानकारी दिए । नीतिविपरीत आफू अध्यक्ष उम्मेदवार भएकाे घाेषणा नजिकका कार्यकर्तामार्फत् सामाजिक सञ्जालमा लेख्न लगाउन थालेको ती कार्यकर्ताले बताए । 

खेम लाेहनी,  रमेश आचार्य समेत हाेटलमा बसेर रामकुमार अधिकारीले पदाधिकारीकाे नाम अन्तिम रूप दिएकाे पाइएकाे छ ।

जिल्ला कमिटी अध्यक्षमा रामकुमार अधिकारी, उपाध्यक्षमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, सचिवमा हरिराम लाेहनी र उपसचिवमा दुर्गानारायण शाक्य र  उमा नेपाल रहने गरी प्यानल बनाएकाे एक नेताले जानकारी दिए ।

रामकुमार अधिकारी, रमेश आचार्य जिल्ला पार्टी कार्यालयमा भने देखिएका छैनन् । बाहिर बसेर गुट बनाउने र कार्यकर्तालाई मासु भात खान दिने लाेभ देखाउँदै भोट माग्न थालेको उनले बताए । काठमाडौँकाे एक हाेटलमा भएकाे भेलामा अध्यक्ष उम्मेदवार अधिकारीले भात खान दिएपछि भाेट हालिहाल्छन् नि भनेकाे चर्चा बजारमा छ । 

यता संस्थापन पक्ष मानिएका भुमि त्रिपाठीले भने आफू माघकाे २० गते मात्र उम्मेदवारी दिनेबारे बताएका छन् । उनकाे एक नेताले पदाधिकारीमा भने सार्वजनिक नगरी लिस्ट बनाएकाे बुझिएकाे छ ।

अध्यक्षमा भुमि त्रिपाठी, उपाध्यक्षमा वर्तमान सचिव अर्जुन श्रेष्ठ गाेर्खाली, सचिवमा वर्तमान उपसचिव राधिका सापकोटा र गंगाजमुनाका गाउँ पालिकाका पार्टी अध्यक्ष भक्त लामिछाने र थाक्रे गाउँपालिकाका पार्टी सचिव उर्मिला रेग्मी रहेकाे बताइएको छ ।

महिला, दलित, जनजाति, युवा सबैलाई मिलाएर पार्टीको काममा लाग्नु पर्ने संस्थापन पक्षकाे भनाइ छ । । यसबाहेक पनि विभिन्न पदमा उम्मेदवारी पर्ने र नेतृत्व गर्ने हाेडबाजी नेकपा एमालेमा छ । मिसन ०८४ का लागि तयारी रहन पनि चुस्त र क्षमतावान् नेतृत्व आवश्यकता रहेकाे देखिन्छ ।


Author

थप समाचार
x