सबै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : विमलेन्द्र निधि
काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानअनुसार सबै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको भन्दै अन्य विषयहरूमा पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् । निधिले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरू सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिएको बताए ।
रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा हुनुपर्ने उनको भनाइ छ ।.
उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया