दल

एमाले धादिङ जिल्ला अधिवेशन स्थगित, अब फागुन १ गते बन्दसत्र

इकागज |
माघ २३, २०८० मंगलबार १७:२ बजे

फाइल तस्बिर

काठमाडौँ - एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन नै स्थगित भएको छ । गत माघ २१ गतेबाट सुरु भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भएकाले रोकिदैँ आएको थियो । 

आज माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित र कारबाही सुचारु गर्ने पत्र अनुसार फागुन १ गते बन्दसत्र सुचारु हुने जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिए ।  


जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष  कैशाल ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो। 

विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँचिएको थियो। गत शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का हुँदा सन्तोष खनालको हात भाँचिएको थियो । 


Author

थप समाचार
x