दल

जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : गगन थापा

इकागज |
माघ २४, २०८० बुधबार १२:५३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको भरोसा गुम्दै गएको भन्दै जनताको भरोसा कायम गर्न सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले बताएका हुन् । 


आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्ने गरि संसद र सरकारले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए । उनले सरकार नयाँ ढंगले काम गर्छु भनिराख्दा संसदीय समितिलाई समेत फरक ढंगले चलानुपर्ने धारणा राखे । 

थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सहकारीमा ठगीको धन्दाको मतियारलाई समेत कारबाही गर्दै जनतामा सुशासनको अनुभूति दिलाउनुपर्ने उनले बताए । 

त्यस्तै थापाले रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयास अप्रयाप्त भएको बताए ।  रुसमा अलपत्र परेका नेपालहरूको उद्धारमा राज्यले सम्पूर्ण ताकत लगाउनुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x