दल

सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग नदिऔँ : जनार्दन शर्मा

इकागज |
माघ २४, २०८० बुधबार १३:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको बिषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे ।


सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए । शर्माले  जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताए । संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उनले बताए ।

शर्माले जाजरकोटको भूकम्पपछि पुन:निर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा राखे ।


Author

थप समाचार
x