एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले प्रचार विभागमा थपिए तीन सदस्य
काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । फागुन ८, ९ र १० गते बैठक बस्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्नेछ ।
यस्तै, एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन् । एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन् ।
उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन् । पहिला २१ जना रहेको विभागमा अब २४ सदस्य हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया