सनातन हिन्दु राज्य स्थापनाबारे काँग्रेस महासमिति बैठकमा छलफल हुनुपर्छ : केन्द्रीय सदस्य थपलिया
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले कांग्रेसको आसन्न महासमिति बैठकमा सनातन हिन्दु राज्य स्थापनाबारे छलफल गर्नुपर्ने बताइन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा थपलियाले देशभर हिन्दु राज्य स्थापनाको कुरा उठिरहेकाले कांग्रेस महासमितिले पनि यसलाई मूल एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताइन् । उनले भनिन्, 'देशभर सनातन हिन्दु राज्यको माग बढिरहेको छ अब कांग्रेसले यसबारे छलफल गर्नुपर्छ'
थपलियाले कांग्रेसमा संसदीय समितिलगायत विभिन्न तहका समितिहरूमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । कांग्रेसले महिला र युवाहरूलाई हरेक तहमा समेट्नुपर्ने उनले बताइन् ।
उनले प्रदेश समितिमा प्रदेश समितिले मात्रै भोट हाल्नुपर्ने व्यवस्था गर्न पनि आग्रह गरेकी छिन् । उनले भनिन्, 'प्रदेश समितिको चयन गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले भोट हाल्ने परम्परालाई हटाएर प्रदेश प्रतिनिधिले हाल्ने व्यवस्था गर्नुपर्छ अनि मात्रै प्रदेश बलियो हुन्छ ।'
काँग्रेस केन्द्रीय समिति बिहीबारबाट जारी छ । समितिमा महामन्त्रीहरूले पेस गरेको प्रतिवेदनबारे छलफल भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया