एमालेको शनिबार 'गुह्येश्वरी-धाप ड्याम यात्रा', ओलीले सम्बोधन गर्ने
काठमाडौँ- नेकपा एमालेले 'गुह्येश्वरी-धाप ड्याम यात्रा' गर्ने भएको छ । एमालेले भोलि शनिबार गुह्येश्वरीदेखि धाप ड्यामसम्म यात्रा गर्ने भएको हो ।
यात्रामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सहभागिता जनाउने एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी-धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
उनले भने, ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जानेछौं, करिडोर, सुन्दरीजल हुँदै ड्याम जाने छौं र त्यहाँबाट आलापोटमा आएर सभामा परिणत हुनेछौं । त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ ।’
आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरु हुनेछ ।
धाप ड्याम जस्ता निर्माणका कामहरू सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको अध्यक्ष निरौलाले बताए ।
उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउनका लागि यस्ता ड्यामहरू उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया