दल

देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ : कमल थापा

इकागज |
फागुन ४, २०८० शुक्रबार १६:२७ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारीहरूका लागि स्वर्ग भएको बताएका छन् ।

आज पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले​ देश भ्रष्टहरूका लागि स्वर्ग भएको बताउँदै ​ब्रम्हलुटको अन्त्य गर्नका निमित्त व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।


अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सीमा नाघेको समेत जिकिर गरे । अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था गर्नुपर्नेमा जोड दिए ।​

भ्रष्टहरूले उन्मुक्ति पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै उनले व्यवस्था परिवर्तनका लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।

व्यवस्था परिवर्तनको पक्षधरहरूबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

सनातन हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न उनले कार्यकर्ताहरूलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरू तारानाथ लुइँटेल, राजाराम बर्तौला, श्याम घिमिरेलगायत क्षेत्रीय अध्यक्षहरूले धारणा राखेका थिए ।


Author

थप समाचार
x