दल

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने माधव नेपालको दाबी

इकागज |
फागुन १७, २०८० बिहीबार १६:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । 

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् । 


उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे । उनले केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन् । 


Author

थप समाचार
x