आफ्नै निवासमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए ।
मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ । त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया