विगतमा प्रचण्डले जसलाई हटाए, ओलीले तीनैलाइ मन्त्री बन्न पठाए
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोर्याउने भएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांश नेताहरूलाई नै एमालेले पुनः मन्त्रिमण्डलका लागि पठाएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाड्नु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये विष्णु पौडेल (अर्थ मन्त्री) र बिमला राई (परराष्ट्र मन्त्री) भने दोहोरिएका छैनन् । यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फबाट पौडेलले नेतृत्व गरेका थिए भने यसपटक रघुवीर महासेठले गर्ने भएका छन ।
जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवती चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन । अधिकारी भने नयाँ अनुहार हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया