सुदन किराती भन्छन् : म कुनै दाग नलागी निस्किन पाएँ
काठमाडौँ- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताए ।
उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए ।
पूर्वमन्त्री किरातीले मन्त्रीको रूपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया