जसपा कार्यकारिणी समिति बैठक जारी
फाइल तस्बिर
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो ।
यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो । यसबारे केही निर्णय गर्न आवश्यक देखिएकोले फेरि बैठक बसेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया