दल

राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता : रामबहादुर थापा

इकागज |
फागुन २५, २०८० शुक्रबार २१:१७ बजे

फाइल तस्बिर

गुल्मी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्ता समीकरण परिवर्तन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था सङ्कटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताए । 


नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताको सङ्कटपूर्ण अवस्थाबाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताए । नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको भन्दै उपाध्यक्ष थापाले यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x