ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमणको अनुसन्धान गर्न राप्रपाले प्रहरीलाई आग्रह गर्ने
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा आइतबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले श्रेष्ठमाथिको आक्रमण नितान्त आपराधिक घटना भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक कक्षबाट बाहिरिँदै गर्दा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । श्रेष्ठमाथिको आक्रमणको बैठकले खेद व्यक्त गरेको लिङ्देनले बताए । उनले श्रेष्ठमाथिको आक्रमण बैठकसम्बन्धी विषयका कारण नभएको दाबी गरे ।
त्यस्तै कार्यसम्पादन समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी लगायतका विषयमा छलफल भएको उनले बताए ।
कार्यसम्पादन समितिको एजेण्डाका बारेमा सोमबार पनि छलफल हुने र आवश्यक निष्कर्ष निकालिने अध्यक्ष लिङ्देनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया