माओवादीले राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता चक्रपाणी खनालले जानकारी दिए ।
बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र उर्मिला अर्याल मध्ये एकलाई उम्मेदवार बनाउने विषयमा छलफल भए पनि अन्ततः दाहाललाई नै अघि सार्ने निर्णय भएको उनले बताए ।
बैठकमा केही नेताहरूले ६ वर्ष पदावधि भएका सदस्यहरूलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको खनालले जानकारी दिए ।
त्यस्तै फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसको तयारी भइरहेको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया