जनमत पार्टीले सरकारलाई विश्वासको मत नदिने, इलाम र बझाङमा उम्मेदवार उठाउने
तस्विरः फाइल फोटो
काठमाडौँ- जनमत पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ । मंगलबार केन्द्रीय कार्यालयमा बसेको बैठकले नयाँ बनेको गठबन्धनमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले जानकारी दिए ।
त्यसैगरी, इलामको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचनमा १ (१) उम्मेदवार उठाउने निर्णय पनि गरेको छ ।
सप्तरीमा माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन उपर छलफल गरि निर्देशित प्रक्रिया अगाडि बढाउने प्रवक्ता यादवले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया