दल

प्रचण्डका कारण मुलुकमा अस्थिरता बढ्यो : आनन्दप्रसाद ढुंगाना

इकागज |
फागुन २९, २०८० मंगलबार १४:४ बजे

काठमाडौँ - नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री प्रचण्डका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा ढुंगानाले पटक पटक सरकार परिवर्तन गरेर प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याएको बताएका हुन् । 


प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिए पनि पटक पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उनले बताए । 

उनले प्रधानमन्त्रीको कदम र बोलेका कुराले व्यवस्था विरोधी शक्तिहरूलाई बल पुराउने काम भएको जिकिर गरे । 

ढुंगानाले मुलुकमा कुनै पनि दुर्घटना भए त्यसको भारी प्रधानमन्त्रीले बोक्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x