सदनमा उठाएका विषयलाई सामान्य रूपमा लिए कठोर कदम चाल्छौं : रामहरि खतिवडा
काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रूपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका छन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी र सुन प्रकरणका बारेमा आफूहरूले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका हुन् ।
उनले संसदलाई अवरुद्ध गर्ने अवस्था सकेसम्म आउन नदिने तर संसदीय पद्धतिअनुसार गर्ने काम कारबाही सरकारले गरेन भने अर्को कदम चाल्ने चेतावनी दिए ।
उपप्रधान एवं गृहमन्त्री वा अन्य मन्त्रीहरूका विषयमा सदनमा प्रश्न उठ्नु अस्वाभाविक नभएको उनको भनाइ छ । उनले सुन तस्करी अध्ययन प्रतिवेदन सबै सांसदहरूको हातमा आउनुपर्ने बताए । उनले गृहमन्त्रीले आफ्नो मुद्दामा चलखेल गर्ने काम नगर्ने र अरू मुद्दाहरूमा पनि गलतलाई कारबाही गर्ने गरी अघि बढ्न सुझाव दिएको धारणा राखे ।
त्यस्तै खतिवडाले सुशासनको कुरा गर्ने प्रधानमन्त्रीले विभिन्न प्रकरणमा मुछिएकालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै आपति जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया