दल

ओलीको टिप्पणी : गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक

इकागज |
चैत ६, २०८० मंगलबार १६:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानबिन समिति के लागि बन्ने भन्दै सम्भव नै नरहेको बताएका हुन् ।


सरकारबाट बाहिर हुने बित्तिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनले बताए । ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षको भूमिकाको आह्वान गरे ।

त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो । 
 


Author

थप समाचार
x