दल

नेकपा एसको सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

इकागज |
चैत ११, २०८० आइतबार ७:५८ बजे

फाइल फोटो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैछ ।

पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेशनको तयारीका बारेमा छलफल गर्ने एकीकृत समाजवादीले जनाएकाे छ । 


आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेशनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य एजेन्डा रहेको बुझिएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ ।

साथै, सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ ।  

नेकपा एसले आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ । 


Author

थप समाचार
x