दल

नेपालको सडकमा भारतीय ट्रकहरूको 'सिन्डिकेट' छ : रघुजी पन्त

इकागज |
चैत १८, २०८० आइतबार १३:८ बजे

फाइल तस्बिर/इकागज

काठमाडौं - सत्तासाझेदार दल नेकपा एमालेका सांसद रघुजी पन्तले २० हजार ट्रकले काम नपाउँदा ८० हजार कामदारले काम नपाउने अवस्था आउँदा पनि सरकार मौन रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताएका हुन् ।

नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको उनको जिकिर छ । भारतमा नेपाली ट्रकले निर्बाध अनुमति नपाउने उनले उल्लेख गरे । 


'हाम्रो देशभित्र आउँदा भारतीय ट्रक ७२ घण्टा बस्न पाउँछन । तीन दिनमा यहाँ आउने मात्रै होइन, समान लोड गरेर भारत पठाउन थाले । सरकारले समात्यो भने तुरुन्त दूतावासको फोन आउँछ र छुटाउँछ,' उनले भने ।


Author

थप समाचार
x