दल

किन गर्दैछ प्रभु साहको आम आदमी पार्टीले आज प्रदर्शन ?

इकागज |
चैत २४, २०८० शनिबार ६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टी (आजपा)ले दलतन्त्र र भ्रष्टाचारविरुद्धमा आज शनिबार काठमाडौँमा जनप्रदर्शन गर्दैछ । जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढ्‌दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढदै गरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । 


आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्धारहरूलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारबाही गराउन दबाब दिने उदेश्यले जनप्रदर्शन गर्न लागिएको हो । 

यसैगरी देश लुटेर विदेश लैजानेहरूको सम्पती जफत गराउन, खुद्रा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरूको रक्षा गर्न, लघुवित तथा बैंकहरूको मनोमानी बन्द गर्न, सहकारी पीडितहरूलाई न्याय दिलाउन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महंगाई नियन्त्रण गर्न, भन्सार कानूनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउन आजपाले जनप्रदर्शन गर्न लागेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।

यसैगरी वैदेशिक रोजगारका ठगहरूलाई कारबाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्धाहरू स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउन, देशको निराश जनतालाई उत्साहित गर्ने उदेश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।


Author

थप समाचार
x