दल

स्थायी कमिटी बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल

इकागज |
बैशाख ३०, २०८१ आइतबार १८:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल भएको छ ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान तथा समाजवादी कार्यक्रमको मस्यौदा दस्तावेजमाथि छलफल भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित २७ जनाले दस्तावेजमाथि धारणा राखेको उनले बताए । 


उनले सोमबार पार्टीको पोलिटब्युरो बैठक बस्ने र उक्त बैठकमा पनि विभिन्न दस्तावजेमाथि छलफल हुने जानकारी दिए । पोलिटब्युरो पछि बस्ने केन्द्रीय समिति बैठकमा पनि महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने र विभिन्न बैठकमा आएका सुझाव सहित अनुमोदन गरिने प्रवक्ता खतिवडाले बताए । 

समाजवादीको राष्ट्रिय महाधिवेशन १६ गते देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालको पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन र उपाध्यक्ष डा.वेदुराम भुसालकोे विधान संशोधन प्रतिवेदनमाथि छलफल हुने समाजवादीले जनाएको छ । 


Author

थप समाचार
x