दल

सर्‍यो कांग्रेस संसदीय दलको बैठक

इकागज |
बैशाख ३१, २०८१ सोमबार १०:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताएको थियो । तर  दुवै बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।


स्थगित भएको बैठक जेठ १ गते बिहान ८ र ९ बजे बस्नेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद्‌ अवरुद्ध गरिरहेको छ । 

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।


Author

थप समाचार
x