Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कांग्रेसको बटमलाइन : संसदीय समिति गठन नभएसम्म संसद्‌ चल्दैन

इकागज |
बैशाख ३१, २०८१ सोमबार १२:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरूको बटमलाइन भएको निष्कर्ष निकालेको छ । 

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरूको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।


उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफुहरूको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ' यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।'

नेपाली कांग्रेसले संसद्‌ अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्‌मा अवरोध गरिरहेको छ ।


Author

थप समाचार
x