जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई एक पत्र लेख्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
पत्रमा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निभाउने उल्लेख गरेका छन् । यादवले आजै सरकारबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया