राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनताका लागि हुनुपर्ने बताएका छन् ।
स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भने । 'नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,' उनले भने, 'राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।'
खेलाडीहरूको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीय स्तरमा खेलकुदका गतिविधिहरू निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया