दल

कांग्रेसको टिप्पणी : सरकारको कार्यक्रममा कुनै उत्साह देखिएन

इकागज |
जेठ १, २०८१ मंगलबार १७:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् ।


उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । उनले सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।

लेखक​ले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषय छुटेको बताए ।


Author

थप समाचार
x