दल

गिरीबन्धु टी स्टेट प्रकरणमा प्रदीप पौडेल बोलेः राज्यको शक्ति दुरुपयोग गरी आपराधिक क्रियाकलाप गर्नेहरू बढे

इकागज |
जेठ १, २०८१ मंगलबार १७:३८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले गिरीबन्धु टी स्टेट प्रकरणले राज्य शक्तिको दुरुपयोग गरी पहुँचका आधारमा निश्चित समूहले गर्ने भ्रष्टाचार र आपराधिक क्रियाकलापको उजागर गरेको बताएका छन् ।

‘राज्य शक्तिको दुरुपयोग गरेर वा पहुँचका आधारमा निश्चित स्वार्थ समूहले गर्ने भ्रष्टाचार र आपराधिक क्रियाकलापबारे सत्य तथ्य यसले उजागर गरेको छ,’ उनले मंगलबार सामाजिक सञ्जालमा भनेका छन्,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गरेर ६८ अर्बको ३ सय ४३ बिघा जग्गा भूमाफियालाई बुझाउन नीतिगत निर्णय गरेको देखिन्छ ।‘


 

 

 


Author

थप समाचार
x