दल

मदन–जीवराज स्मृति दिवस आज

इकागज |
जेठ ३, २०८१ बिहीबार १०:२७ बजे

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको  स्मरण गर्दै आज मनाइँदैछ ।  एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।



Author

थप समाचार
x