Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अनपेक्षित स्थिति सिर्जना गर्नुभयो : गगन थापा

इकागज |
जेठ ३, २०८१ बिहीबार २०:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।

संसद् बैठकपछि संसद् भवनमा पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको जिम्मेवारी सभामुखको भएको भन्दै सभामुखले निष्पक्ष व्यवहार देखाउन नसकेको आरोप लगाए । सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अप्रिय अनपेक्षित स्थिति सिर्जना गरेको उनले बताए ।


त्यस्तै थापाले सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रूपमा देखिने कुरा दु:खद रहेको धारणा राखे । उनले सत्तापक्षले नै संसदलाई मुठभेडतर्फ धकेल्न खोजेको भन्दै यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने बताए । त्यस्तै उनले पुराना जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिए ।

थापाले रवि लामिछानेले सहकारीको रकम निजी कम्पनीमा खर्च गरेको र त्यो ठगी नै भएको दाबी गरे ।


Author

थप समाचार
x