Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कांग्रेस संसदीय दलको निष्कर्ष : छानबिन समितिको मागबाट पछि नहट्ने, सभामुख संसदीय मर्यादामा बसेनन्

इकागज |
जेठ ४, २०८१ शुक्रबार १०:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


साथै कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ ।

लेखकका अनुसार कांग्रेसले बिहीबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको निष्कर्ष निकालेको छ ।

सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद्‌ अगाडि बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए । कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्‍चालन गर्न आग्रहसमेत गरेको छ ।

नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्तापक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरित भएको बताए ।


Author

थप समाचार
x