Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

प्रधानमन्त्री प्रचण्डको दाबी : आइतबारको संसद् अवरोध हट्छ

संसद्‍बाट विश्वासको मत प्राप्त हुनेमा विश्वस्त

इकागज |
जेठ ५, २०८१ शनिबार १४:५७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारको संसद् अवरोध हट्ने दाबी गरेका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको भन्दै आइतबारसम्म सदनको अवरोध हट्ने दाबी गरेका हुन् ।


आगामी जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेको र बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनुपर्ने बताए ।


Author

थप समाचार
x