Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

इकागज |
जेठ ५, २०८१ शनिबार १५:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री बन्ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखिएको उनले उल्लेख गरे ।


कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसले नरोकेको भन्दै गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न पाउनुपर्छ भन्दा सत्तापक्षलाई स्वीकार्य नभएको धारणा राखे ।

संविधानमा उल्लेख निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने अवस्था नदेखिएकाले प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने भएपनि त्यसका लागि पनि दुई तिहाई आवश्यक रहको जिकिर गरे ।


Author

थप समाचार
x