दल

सत्ताको वरिपरिमात्रै घुम्‍ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भयो : बर्तौला

इकागज |
जेठ ५, २०८१ शनिबार १६:१५ बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन् ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बर्तौलाले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका लागि नै संसद् अवरुद्ध गरेको आरोप लगाउँदै यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका हुन् ।


कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद् नै चाहिँदैन कि भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनको भनाइ छ । उनले सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भएको आरोप लगाए ।

सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको भन्दै उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x