दल

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

इकागज |
जेठ ५, २०८१ शनिबार १६:२० बजे

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने जिकिर गरे ।


नेम्वाङ​ले अब सबै युवाहरू मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए ।

सांसद नेम्वाङले मुलुकमा नै पर्याप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए । 

 


Author

थप समाचार
x