दल

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

इकागज |
जेठ ५, २०८१ शनिबार २१:९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी गर्दै उक्त सुझाव दिएका हुन् ।


नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्याउनुपर्ने बताए । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो ।

नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन । हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन । सबै चिज गर्छु भन्नु योजना होइन । तपाईंसँग लिष्ट छैन भने तपाईंले जतिसुकै गर्छु भने पनि त्यो बजेट होइन । सीमित स्रोतसाधनमा प्राथमिकता छुट्याउनुपर्छ– के गर्ने, के नगर्ने ?’


Author

थप समाचार
x