Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

इकागज |
जेठ ६, २०८१ आइतबार ११:३१ बजे

भक्तपुर - नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनबाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।

देउजाले २९० मत प्राप्त गर्दै प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पूर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो । 


त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीबाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ । 


Author

थप समाचार
x